Market Closed

एनएमबि बैंक र प्रिमियर इन्सुरेन्सको भयो मूल्य समायोजन, कति रूपैयाँमा खुल्दैछ पहिलो कारोबार ?

22 Dec,2016
  • nmb-ps_12_22_2016_11_18_14.jpg
नेपाली पैसा 
 
काठमाडौं :  एनएमबि बैंकको बुक क्लोजपछिको समोजन भाउ निर्धारण गरिएको छ । 
 
नेपाल स्टक एक्सचेन्जले एनएमबि बैंकले घोषणा गरेको १९ प्रतिशत बोनस सेयरलाई हिसाब गरी ५२१ रूपैयाँ समायोजन मूल्य (एड्जस्टेड प्राइस) निर्धारण गरेको हो ।
 
एनएमबिको बेस प्राइस भने ४६६ रूपैयाँ तोकिएको छ । साधारण सभा गर्न बैंकले पुस ७ देखि पुस २४ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्न लागेको हो । 
 
बैंकले पुस २४ मा साधारण सभा बोलाएको छ । बैंकले कर तिर्न नगद लाभांश भने दिएको छैन । 
 
 एनएमबिले यसपटक साधारण सभामा अधिकृत पुँजी आठ अर्बबाट बढाएर १० अर्ब पु¥याउने प्रस्ताव लैजाँदैछ । 
 
एनएमबिले पुँजी बृद्धि गर्न साधारण सेयर थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने एजेन्डा पनि तय गरेको छ ।

 हाल पाँच अर्ब ४३ करोड ६२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको एनएमबिले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ करोड ३६ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ४६ पैसा रहेको एनएमबिको प्रतिसेयर नेटवर्थ भने एक सय ७७ रुपैयाँ २९ पैसा छ ।

 
यसैगरी, प्रिमियर इन्सुरेन्सको बिहीबार मूल्य समायोजन भएको छ । प्रिमियरको २० प्रतिशत बोनसपछिको पहिलो कारोबार १३ सय ९४ रूपैयाँमा हुने भएको छ । 
 
प्रिमियरको बेस प्राइस ११ सय १० रूपैयाँ कायम भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ । 
 

Post Your Comment