Market Closed

एनएमबि माइक्रोफाइनान्सको प्रगतिमा किन लाग्यो धक्का ?

13 Nov,2017
  • NMB-microfinance-bittiya-sanstha-Lt_11_13_2017_11_01_25.jpg
नेपाली पैसा 
 
काठमाडौं : एनएमबि माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८८ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरको छ । नाफा गत वर्षको तुलनामा ६.६५% ले थोरै हो । गत वर्ष यो कम्पनीले ९४ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी भने ३५.४७% ले बढेर ४ करोड १९ लाख ३७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष खुद ब्याज आम्दानी भने ३ करोड ९ लाख ५६ हजार रुपैयाँ मात्र थियो । निक्षेप २३ करोडबाट वृद्धि गरेर ४६ करोड ३  लाख ७७ हजार रुपैयाँ पुर्याएको एनमबिले १ अर्ब ९५ करोड ५० लाख ७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । चुक्ता पुँजी १४ करोड ८ लाख ७५ हजार रुपैयाँ रहेको यस माइक्रोफाइान्सको जगेडा कोषमा ८ करोड ५० लाख ८४ हजार रुपैयाँ छ । गत वर्ष कम्पनीको चुक्ता पुँजी ८ करोड ६३ लाख ४२ हजार रुपैयाँ मात्र थियो । चुक्ता पुँजी धेरै वृद्धि भएको छ । तर त्यस अनुपातमा व्यापार विस्तार भइसकेको छैन । पुँजी बढे अनुपातमा व्यापारले गति लिन नसक्दा नाफा र प्रतिसेयर आम्दानीमा असर गरेको हो । कम्पनीले गत वर्षको नाफाबाट २५% बोनस सेयर र कर तिर्न १.३२ % नगद लाभांश वितरण गर्न लागेको हो । यो प्रस्ताव पारित गर्न एनएमबिले मंसिर १५ मा साधारण सभा बोलाएको छ । प्रोभिजनमा ६७ लाख ६८ हजार रुपैयाँ छुट्याएको यस कम्पनीको खराब कर्जा भने थोरैले बढेर १.३८% पुगेको छ । गत वर्ष खराब कर्जा १.०४% थियो । एनएमबिको कस्ट अफ फन्ड ९.९८% छ । गत वर्ष कस्ट अफ फन्ड ५.३६% थियो । प्रतिसेयर आम्दानी २५ रुपैयाँ १४ पैसा (वार्षिक) रहेको एनएमबि माइक्रोफाइनान्सको प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ४० पैसा छ । 
 
 
 
 

Post Your Comment