एनएमबि माइक्रोफाइनान्सको सभा सुरु, २५ प्रतिशत बोनस र १.३२ प्रतिशत नगद प्रस्ताव

01 Dec,2017
  • NMB-microfinance-bittiya-sanstha-Ltd_12_1_2017_11_24_30.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सभा आज (मंसिर १५ गते) होटल ग्राण्ड घारीपाटन पोखरामा ११ बजेदेखि सुरु भएको छ । सभामा कम्पनीले गत वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर तिर्न १.३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस गरेको छ । यसैगरी, संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि साधारण सभामा पेस भएको छ । एनएमबिले साधारण सभा गर्न कात्तिक २४ गतेदेखि आज (मंसिर १५ गते) सम्म बुक क्लोज गरेको छ । यसआधारमा, कात्तिक २३ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्न सक्नेछन् । हाल माइक्रोफाइनान्सको चुक्ता पुँजी १४ करोड ८ लाख ७५ हजार रुपैयाँ रहेको छ । कम्पनीले २५ प्रतिशत बोनसलाई समेटेर चुक्ता पुँजी १४ करोड ८ लाख ७५ हजार रुपैयाँ पुर्याएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा माइक्रोफाइनान्सले ८८ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ १४ पैसा रहेको एनएमबिको प्रतिसेयर नेटवर्थ भने १६० रुपैयाँ ६० पैसा छ ।

Post Your Comment