Market Closed

एनएमबिको खुद नाफा १२.२९% ले घट्दा प्रतिसेयर आम्दानी २५ रुपैयाँ ७९ पैसा

12 Feb,2018
  • NMB-microfinance-bittiya-san_2_12_2018_1_22_36.jpg
नेपाली पैसा 
 
काठमाडौं : एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ८१ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट प्रकासित गरेको छ । नाफा गत वर्षको भन्दा १२.२९% कम हो । गत वर्ष एनएमबिले २ करोड ७ लाख १७ हजार रुपैयाँ खुद नाफा गरेको थियो । खुद ब्याज आम्दानी भने २४.०२% ले बढोत्तरी भएर ८ करोड ११ लाख ३३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष ६ करोड ५४ लाख १७ हजार रुपैयाँ खुद ब्याज आम्दानी भएको थियो । एनएमबिको सञ्चालन नाफा पनि २ करोड ८४ लाख १२ हजार रुपैयाँमा सीमित भएको छ ।

निक्षेप २७ करोडबाट वृद्धि गरेर ५३ करोड ५३ लाख ७९ हजार रुपैयाँ पुर्याएको एनएमबिले २ अर्ब १ करोड ८९ लाख ४७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । चुक्ता पुँजी १४ करोड ८ लाख ७५ हजार रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा ९ करोढ ४३ लाख ९९ हजार रुपैयाँ छ । गत वर्ष चुक्ता पुँजी ९ करोड ३१ लाख रुपैयाँ र  रिजर्भ कोषमा ४ करोड २२ लाख ६७ हजार रुपैयाँ थियो । खराब कर्जा पनि बढेर २.३३% भएको छ । गत वर्ष खराब कर्जा १.१०% मात्र थियो । कम्पनीले प्रोभिजनमा १ करोड ४६ लाख २६ हजार राखेको छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ७९ पैसा (वार्षिक) रहेको एनएमबिको प्रतिसेयर नेटवर्थ भने १६७ रुपैयाँ रहेको छ । 
 
 
 

Post Your Comment