एनएमबि माइक्रोफाइनान्सको खुद नाफामा ३८.१६% गिरावट, प्रतिसेयर आम्दानी २०.६४ रुपैयाँ

04 May,2018
  • NMB-microfinance-bittiya-san_2_12_2018_1_22_36_5_4_2018_12_15_37.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड १८ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ३८.१६% कम हो । गत वर्ष एनएमबिले ३ करोड ५२ लाख ६२ हजार रुपैयाँ खुद नाफा गरेको थियो । खुद ब्याज आम्दानी भने ११ करोड ९३ लाख १० हजार रुपैयाँ पुगेको छ । गत वर्ष यो १० करोड ३२ लाख १६ हजार रुपैयाँ थियो । 
 
एनएमबिको सञ्चालन नाफा पनि ५ करोड ५३ लाख ५३ हजार रुपैयाँबाट घटेर ३ करोड ४० लाख ४८ हजार रुपैयाँमा सीमित भएको छ । यता, निक्षेप संकलन ८१.८०% ले वृद्धि भएको छ । यो त्रैमाससम्म निक्षेप ६१ करोड ५५ लाख ९० हजार रुपैयाँ पुगेको हो । एनएमबिले २ अर्ब १३ करोड ७१ लाख ३५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । लगानी गत वर्ष भन्दा ३५.४१% धेरै हो । 
 
चुक्ता पुँजी १४ करोड ८ लाख ७५ हजार रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा ९ करोढ ८० लाख ३७ हजार रुपैयाँ छ । गत वर्ष चुक्ता पुँजी १० करोड ९६ लाख १६ हजार रुपैयाँ र  रिजर्भ कोषमा ५ करोड ६८ लाख १२ हजार रुपैयाँ थियो ।

एनएमबिको खराब कर्जा पनि बढेको छ । खराब कर्जा ०.८८% बाट बढेर २.९३% पुगेको छ । कम्पनीले सम्भावित जोखिमका लागि २ करोड ५१ लाख ७४ हजार रुपैयाँ राखेको छ । यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ६४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ५९ पैसा रहेको छ ।

Post Your Comment