Market Closed

एनएमबी माइक्रोफाइनान्स : कम्पनी विश्लेषण (आइतवार, २१ कात्तिक २०७३)

06 Nov,2016
  • nmb_microfinance_resize_11_6_2016_11_53_23.png

२०७३/७४ आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार खुद नाफा २ गुणा बढेकोे छ । कम्पनीले १ः१.२ को अनुपातमा हकप्रद शेयर जारी गर्न सेवोनबाट स्वीकृति पाइसकेको छ । नेप्सेले २५ प्रतिशत बोनस शेयर र १ सय २० प्रतिशत हकप्रद शेयरको समायोजन मूल्य १७ सय निर्धारण गरेको छ ।

प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषण : फोर प्राइस डोजी बनेको छ ।  यसले आगामी दिनमा पनि शेयरमूल्य बढ्ने सङ्केत गर्दछ ।

आरएसआई : न्युट्रल जोन (३२ दशमलव ४२ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको छ ।

स्ट्याण्डर्ड डेभिएशन : ७ सय ७९ बिन्दुमा छ । उतारचढाव उच्च रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने औसत मूल्यरेखा एकअर्कासँग टाडिएका छन् । हालको शेयरमूल्य २१ दिने रेखा, सातदिने रेखा र ट्रेण्ड लाइनभन्दा तल छ । मूल्य महँगिएमा रू. ४ हजार २ सय २२ मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार २०७२/७३ आर्थिक वर्ष र २०७३/७४ आर्थिक वर्षबीच तुलना गर्दा :
- बैङ्कको पहिलो त्रैमासमा नाफा २ गुणा बढेर रू. ९४ लाख ८५ हजार पुगेको छ । सञ्चालन नाफा २ गुणा र खुद ब्याज आम्दानी ९३ दशमलव २७ प्रतिशत बढ्नाले खुद नाफा बढ्न टेवा पुगेको हो ।

- चुक्ता पूँजीको तुलनामा खुद नाफा १० प्रतिशतबाट घटेर ९ दशमलव १० प्रतिशतमा सीमित भएको छ ।  

- ब्याज आम्दानी ३१ दशमलव ४३ प्रतिशत बढेर रू. ४ करोड ५० लाख पुगको छ भने ब्याज खर्च २२ दशमलव ७७ प्रतिशत घटेर रू. १ करोड ४१ लाखमा सीमित रहेको छ ।

- अन्य सञ्चालन खर्च २५ दशमलव ८२ प्रतिशत र कुल सञ्चालन नाफा ८८ दशमलव ७८ प्रतिशत बढेको छ ।

- स्थिर सम्पत्ति ३३ दशमलव ३५ प्रतिशत बढेर रू. ९९ लाख ५१ हजार र अन्य सम्पत्ति ४० दशमलब ४० प्रतिशत बढेर रू. ६९ लाख ७२ हजार पुगेको छ ।

- पूँजी कोष लागत ५ दशमलब ३६ प्रतिशत रहेको छ ।

-कम्पनीको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपात २२ गुणा, प्रतिशेयर आम्दानी ४३ दशमलव ९४ र मूल्य आम्दानी अनुपात ९४ गुणा छ । हालको शेयरमूल्य नेटवर्थको १४ गुणा छ ।

Post Your Comment