Market Closed

एनएमबिका दुवै म्युचुअल फन्डको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

11 Sep,2019
  • mutual_9_11_2019_10_14_15.png
नेपाली पैसा 
 
काठमाडौं : एनएमबि क्यापिटल अन्तर्गत सञ्चालित दुवै म्युचुअल फन्डको नगद लाभांश (प्रतिफल) सुरक्षित गर्ने बुधबार (भदौ २५ गते) अन्तिम दिन हो । दुवै फन्डले नगद लाभांश वितरण गर्न बिहीबार (भदौ २६ गते) बुक क्लोज गर्ने भएका हुन् । बुधबारसम्म मात्र कायम रहने इकाइधनीले मात्र लाभांश दाबी गर्न पाउनेछन् ।

एनएमबि हाइब्रिड फन्ड एल–१ योजनाले आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट १०% नगद लाभांश (कर सहित) वितरण गर्नेछ । यस्तै, एनएमबि सुलभ इन्भेष्टमन्ट फन्ड–१ ले पनि करसहित १५% का दरले प्रतिफल वितरण गर्नेछ । सुलभ फन्ड असोज ३ गते परिपक्क हुनेछ ।
 

Post Your Comment