प्रतिसेयर आम्दानी ६५.७४ रुपैयाँ रहेको नेसनलको यस्तो छ प्रगति

01 Nov,2017
  • national-microfinance__11_1_2017_4_34_12.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७.२४ प्रतिशतले खुद नाफा वृद्धि गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । नेसनलले १ करोड ९७ लाख २३ हजार रुपैयाँ खुद नाफा गरेको हो । गत वर्षको यसै अवधिमा नेसनलको खुद नाफा १ करोड ८३ लाख ९१ हजार रुपैयाँ थियो । यस्तै, कम्पनीले ३ करोड ९२ लाख ८६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ । खुद ब्याज आम्दानी गत वर्षको भन्दा २८.४८ प्रतिशतले बढी हो । गत वर्ष यस्तो आम्दानी ३ करोड ५ लाख ७७ हजार रुपैयाँ थियो । नेसनलले ४० करोड २ लाख ३१ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब ६८ करोड ३८ लाख ५० हजार रुपैयाँ कर्जा लगानी सफल भएको छ । निक्षेप संकलन र कर्जा प्रवाह गत वर्षको तुलनामा क्रमशः १९७.३६ प्रतिशत र ७४.३६ प्रतिशत बढी हो । गत वर्ष नेसनलले १३ करोड ४५ लाख ९४ हजार रुपैयाँ निक्षेप संकलन थियो भने ९६ करोड ५७ लाख २ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । नेसनलले रिजर्भ कोषमा १० करोड ५१ लख २८ हजार रुपैयाँ राखेको छ । यो गत वर्षको तुलनामा ५८.०३ प्रतिशत बढी हो । कम्पनीको चुक्ता पुँजी १२ करोड रुपैयाँ छ । यसको कस्ट अफ फन्ड दोब्बर बढेको छ । गत वर्ष कस्ट अफ फन्ड ४.७२ प्रतिशत रहेको मा बढेर यो त्रैमाससम्म आइपुग्दा ९.१९ प्रतिशत पुगेको छ । नेसनलको प्रतिसेयर आम्दानी ६५ रुपैयाँ ७४ पैसा (वार्षिक) छ भने प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ६१ पैसा छ । 
 
 
 
 
 
 

Post Your Comment