Market Closed

नेसनल माइक्रोफाइनान्सको ३५% लाभांस, मंसिर २७ मा साधारण सभा, बुक क्लोज कहिलेसम्म ?

15 Nov,2017
  • national-microfinance_9_14_2017_11_16_02_11_15_2017_11_51_32.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेसनल माइक्रोफाइनान्सको बार्षिक साधारण सभा मंसिर २७ गते हुने भएको छ । नेसनलले २०% बोनस सेयर दिने विशेष प्रस्ताव लैजाने भएको छ । यस्तै, १५% नगद लाभांसको अर्को प्रस्ताव पेस हुनेछ । नेसनलले बोनसका लागि २ करोड रुपैयाँ र नगद लाभांसमा १ करोड ५० लाख रुपैयाँ खर्च गर्नेछ । साधारण सभा आर.के. ब्यांकेट धादिङबेसीमा बिहान ११ बजे सुरु हुनेछ । आर्थिक वर्ष २०७३÷७४ को नाफा नोक्सान हिसाब तथा २०७४ असार मसान्त सम्मको वासलात लगायतका अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि छ । साधारण सभा गर्न नेसनल माइक्रोफाइनान्सले मंसिर १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । मंसिर १४ गतेसम्म मात्र कायम सेयरधनीले मात्र बोनस र नगद लाभांस पाउन सक्नेछन् । हाल फाइनान्सको चुक्ता पुँजी १२ करोड रुपैयाँ छ । कम्पनीले २०% बोनसलाई जोडेर चुक्ता पुँजी १० करोड रुपैयाँबाट १२ करोड पुर्याएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेसनलले १ करोड ९७ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ६५ रुपैयाँ ७४ पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ६१ पैसा छ । 
 
 

Post Your Comment