Market Closed

नेसनल माइक्रोफाइनान्सको २०% बोनसमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

04 Dec,2017
  • national-microfinance___11_30_2017_11_00_31_12_4_2017_11_05_47.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाको २०% बोनस सेयरमा मूल्य समायोजन भएको  छ । बोनस समायोजन पछि प्रतिकित्ता सेयर भाउ २ हजार ६२१ रुपैयाँ तोकिएको छ । यसआधारमा, सोमबार यस कम्पनीको पहिलो कारोबार २ हजार ६२१ सय रुपैयाँलाई आधार मानेर खुलेको छ । कम्पनीको औसत आधार मूल्य भने १ हजार ३६० रुपैयाँ रहेको छ । नेसनलले मंसिर २७ गते हुने साधारण सभामा गत वर्षको नाफाबाट २०% बोनस सेयर र १५% नगद लाभांश दिने प्रस्ताव गर्दैछ । कम्पनीले बोनसका लागि २ करोड रुपैयाँ र नगद लाभांशमा १ करोड ५० लाख रुपैयाँ खर्च गर्नेछ । साधारण सभा आर.के. ब्यांकेट धादिङबेसीमा बिहान ११ बजे सुरु हुनेछ । हाल नेसनल माइक्रोफाइनान्सको चुक्ता पुँजी १२ करोड रुपैयाँ छ । कम्पनीले २०% बोनसलाई जोडेर चुक्ता पुँजी १० करोड रुपैयाँबाट १२ करोड पुर्याएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेसनलले १ करोड ९७ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ६५ रुपैयाँ ७४ पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ६१ पैसा छ । 
 
 

Post Your Comment