Market Closed

नेसनल माइक्रोफाइनान्सको साधारण सभा हुँदै, लगानीकर्तालाई ३५% लाभांश

13 Dec,2017
  • agm_image_12_13_2017_10_57_29.png
नेपाली पैसा 
 
काठमाडौं : नेसनल माइक्रोफाइनान्सको साधारण सभा आज (मंसिर २७ गते) आर.के.ब्यांकेट धादिङबेसीमा बिहान ११ बजे सुरु हुँदैछ । सभामा कम्पनीले २०% बोनस सेयर र १५% नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । कम्पनीले बोनसका लागि २ करोड रुपैयाँ र नगद लाभांशमा १ करोड ५० लाख रुपैयाँ खर्च गर्नेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७३÷७४ को नाफा नोक्सान हिसाब तथा २०७४ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि छ । हाल नेसनलको चुक्ता पुँजी १२ करोड रुपैयाँ छ । कम्पनीले २०% बोनसलाई जोडेर चुक्त पुँजी १० करोड रुपैयाँबाट १२ करोड पुर्याएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेसनलले १ करोड ९७ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ६५ रुपैयाँ ७४ पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ६१ पैसा छ ।
 
 
 
 
 
 
 
 

Post Your Comment