Market Closed

नेसनल माइक्रोफाइनान्सको खुद नाफा ३.७०% ले बढ्यो, प्रतिसेयर आम्दानी ६५ रुपैयाँ ३३ पैसा

31 Jan,2018
  • national-microfinance-bittiya-sanstha-ltd_1_31_2018_12_15_06.jpg
नेपाली पैसा
 
काठमाडौं : नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा बढाएको छ । फाइनान्सले दोस्रो त्रैमासमा आइपुग्दा ३ करोड ९१ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिको तुलनामा खुद नाफा ३.७०% ले वृद्धि भएको हो । गत वर्ष खुद नाफा ३ करोड ७७ लाख ९७ हजार रुपैयाँ रहेको थियो । कम्पनीले ७ करोड ९३ लाख ७२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यो ६ करोड ६२ लाख ८३ हजार रुपैयाँ मात्र थियो । सञ्चालन नाफा पनि ५ करोड ९३ लाख ९५ हजार रुपैयाँबाट बढाएर ६ करोड १५ लाख ९८ हजार रुपैयाँ पुर्याएको छ । नेसनलको ४९ करोड ७१ लाख ३ हजार रुपैयाँ निक्षेप रहेको छ भने कर्जा लगानी १ अर्ब ८२ करोड ९८ लाख ९ हजार रुपैयाँ पुगेको छ । यसको चुक्ता पुँजी चुक्ता पुँजी १२ करोड रुपैयाँ रहेको छ । गत वार्ष चुक्ता पुँजी १० करोड रुपैयाँ मात्र थियो । यो माइक्रोफाइनान्सले जगेडा कोषमा ३ करोड ८८ लाख ६४ हजार रुपैयाँ वृद्धि गरी १२ करोड ४७ लाख ९५ हजार रुपैयाँ जम्मा गरको छ । दोस्रो त्रमाससम्ममा कम्पनीको खराब कर्जा ०.९१% मा सीमित भएको छ भने कस्ट अफ फन्ड ५.५५% बाट बढेर ८.८९% पुगेको छ । नेसनलको प्रतिसेयर आम्दानी (वार्षिक) ६५ रुपैयाँ ३३ पैसा र प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ रहेको छ । 

Post Your Comment