नयाँ नेपालको १ लाख ३ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

06 Dec,2018
  • auction_img_11_28_2018_1_59_45.jpg
नेपाली पैसा 
 
काठमाडौं : नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको १ लाख ३ हजार ३५३ कित्ता सेयर लिलामी भर्ने बिहीबार (मंसिर २० गते) अन्तिम दिन हो । बिहीबार कार्यालय समयसम्म मात्र यो लिलामीमा आवेदन दिन सकिनेछ । कम्पनीले मंसिर १३ गतेदेखि सर्वसाधारण समूहको १७ हजार २६० कित्ता र संस्थापक समूहको ८६ हजार ९३ कित्ता सेयर लिलामीमा ल्याएको हो ।

नेप्सेमा बुधबार यसको अन्तिम कारोबार प्रतिकित्ता ४८२ रुपैयाँमा भएको थियो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा भाग लिनुपर्नेछ । यसअघि नयाँ नेपालले साउन २७ देखि भदौ ३१ गतेसम्म ६ लाख कित्ता (२५०%) हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
 
त्यतिबेला १ हजार ८५३ जनाले ४ लाख ९६ हजार ६४७ कित्ताका लागि मात्र आवेदन दिएका थिए । १ लाख ३ हजार ३५३ कित्तामा आवेदन नपरेपछि सोही सेयर कम्पनीले लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट लिलामी भर्न सकिनेछ । 
 
हाल यो लघुवित्तको चुक्ता पुँजी २ करोड ४० लाख रुपैयाँ छ । बाँकी रहेको सेयर लिलामीमा बिक्री गरिसकेपछि पुँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २१ लख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ५६ पैसा (वार्षिक) रहेको नयाँ नेपालको प्रतिसेयर नेटवर्थ भने १८२ रुपैयाँ २५ पैसा छ । 
 

Post Your Comment