टेलिकमको ५५% नगद लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन, पुस ३० मा एजीएम

26 Dec,2017
  • Nepal-door-sanchar-company-ltd_12_26_2017_10_16_02.jpg
नेपाली पैसा
 
काठमाडौं : सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को ५५% नगद लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन हो । पुस ३० मा एजीएम गर्न कम्पनीले बुधबार (पुस १२ गते) देखि बुक क्लोज गर्दैछ । यसआधारमा बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र नगद लाभांश पाउने हुँदा मंगलबार (पुस ११ गते) नै सेयर किनिसक्नुपर्नेछ । टेलिकमले वर्षेनि लगानीकर्तालाई आकर्षक नगद लाभांश दिंदै आएको छ । गत वर्ष पनि दूरसञ्चारले ५१% नगद लाभांश दिएको थियो । यता, कम्पनीले भारी मात्रामा नगद दिए पनि बोनस सेयर भने अहिलेसम्म दिएको छैन । चुक्ता पुँजी बढाउन आवश्यक नभएको अनि थप काम गर्न पुँजी जुटाउने आवश्यकता पनि नदेखिएकाले दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) नगद लाभांशमा मात्र केन्द्रित हुँदै आएको छ ।
 
साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन सहित सोही अवधिसम्मको वासलात, नाफा–नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश गरिंदैछ । त्यस्तै चालु आर्थिक वर्ष २०७४–७५ को लागि लेखापरीक्षक नियुत्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि छ । हाल दूरसञ्चार कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । यो कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब ५ करोड ६५ लाख ३८ हजार ७४ रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी आम्दानी १०८ रुपैयाँ १७ पैसा रहेको दूरसञ्चारको प्रतिसेयर नेटवर्थ ६४३ रुपैयाँ ८४ पैसा छ । 

Post Your Comment