Market Closed

टेलिकमको बुक क्लोज मिति भयो परिवर्तन, अब ५५% नगद पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

27 Dec,2017
  • Nepal-door-sanchar-company-ltd_12_27_2017_12_02_23.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) को बुक क्लोज मिति परिवर्तन भएको छ । टेलिकमले पुस ३० गते वार्षिक साधारण सभा गर्न अब पुस १६ गतेदेखि बुक क्लोज गर्ने भएको छ । यसअघि कम्पनीले पुस १२ गतेदेखि बुक क्लोज गर्ने घोषणा गरेको थियो । अब पुस १५ गतेसम्म कायम सेयरधनीले टेलिकमले दिने ५५% नगद लाभांश पाउनेछन् । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार टेलिकमको सञ्चालक समितिले पुस ३ गते नै साधारण सभा र बुक क्लोज सम्बन्धी निर्णय गरे पनि नेप्सेलाई भने ९ गतेमात्र यस सम्बन्धी जानकारी गराएको थियो । सञ्चालक समितिको निर्णय तत्काल जानकारी गराउनुपर्ने हुन्छ । त्यस्तै, बुक क्लोजको मिति पनि  न्यूनतम ७ दिन सर्वसाधारणलाई जनकारी गराउनुपर्नेमा ३ दिनको मात्र मिति राखेर सूचना जारी गरिएकाले नेप्सेले टेलिकमलाई सचेत गराएको थियो । नेप्सले बुक क्लोजको मिति पनि परिवर्तन गरी पुनः सार्वजनिक गर्न निर्देशन दिएपछि टेलिकमले नयाँ मिति सार्वजनिक गरेको हो ।

टेलिकमको साधारण सभा पुस ३० गते त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन सहित सोही अवधिसम्मको वासलात, नाफा–नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश गरिंदैछ । त्यस्तै चालु आर्थिक वर्ष २०७४–७५ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि छ । हाल दूरसञ्चार कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । यो कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब ५ करोड ६५ लाख ३८ हजार ७४ रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी आम्दानी १०८ रुपैयाँ १७ पैसा रहेको दूरसञ्चारको प्रतिसेयर नेटवर्थ ६४३ रुपैयाँ ८४ पैसा छ ।
 
 

Post Your Comment