Market Closed

टेलिकमको नाफा १५.७९% ले खुम्चियो, रिजर्भ कोषमा ८६ अर्ब ४० करोड

14 May,2019
  • Nepal-door-sanchar-company-ltd_8_13_2018_12_49_58.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ अर्ब ९८ करोड ३९ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा गत वर्षको भन्दा १५.७९% थोरै हो । गत वर्ष टेलिकमले ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
 
चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको टेलिकमको रिजर्भ कोष भने झन् बलियो बन्दै गएको छ । यो त्रैमास सम्ममा टेलिकमको रिजर्भ कोषमा ८६ अर्ब ४० करोड ८२ लाख ४२ हजार रुपैयाँ जम्मा भइसकेको छ । गत वर्षको यसे अवधिमा रिजर्भ कोषमा ७९ अर्ब ६९ करोड ५ लाख १५ हजार २३६ रुपैयाँ रहेको थियो ।
 
कम्पनीको दूरसञ्चार लगायतका प्रविधि सेवा बिक्रीबाट हुने आम्दानी घट्दा समग्र नाफा प्रभावित भएको हो । गत वर्ष सेवा बिक्रीबाट २९ अर्ब ३९ करोड २१ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेकामा यसपटक त्यो खुम्चिएर २७ अर्ब ५० करोड ६० लाख ७५ हजार १७९ रुपैयाँमा आइपुगेको छ ।
 
टेलिकमको प्रतिसेयर आम्दानीमा पनि २२ रुपैयाँ ७५ पैसाको गिरावट आई ८८ रुपैयाँ ७५ पैसामा सीमित भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी १०५ रुपैयाँ ३९ पैसा थियो । प्रतिसेयर नेटवर्थ भने ६३१ रुपैयाँ २७ पैसाबाट बढेर ६७६ रुपैयाँ ५ पैसा पुगेको छ ।

नेपाल टेलिकमको वित्तीय विवरण यहाँबाट हेर्नुहोस् ।

Post Your Comment