माइक्रोफाइनान्सहरुले कस्तो गरे प्रगति, कसको नाफा धेरै ? (हेर्नुहोस् तथ्यांक)

05 Dec,2018
  • financial-data-image-2_8_29_2017_6_24_12.png
नेपाली पैसा 
 
काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश माइक्रोफाइनान्स कम्पनीहरुले खुद नाफा बढाएका छन् । यी कम्पनीहरुको नाफा सँगसँगै रिजर्भ कोषमा पनि सुधार देखिएको छ । पहिलो त्रैमासको विवरण अनुसार सबै भन्दा बढी नाफा कमाउने माइक्रोफाइनान्स कम्पनीमा छिमेक लघुवित्त वित्तीय संस्था परेको छ । यो कम्पनीले १५ करोड ६१ लाख ६२ हजार रुपैयाँ नाफा आर्जन गरेको हो । 
 
यस्तै, निर्धन उत्थान लघुवित्त १५ करोड ७ लाख ८३ हजार रुपैयाँ खुद नाफासहित दोस्रो स्थानमा आइपुगेको छ । सबै भन्दा थोरै नाफा भने सपोर्ट माइक्रोफाइनान्सको ६ लाख ७६ हजार रुपैयाँ मात्र रहेको छ ।
 
यता, चुक्ता पुँजीमा पनि छिमेक र निर्धन उत्थान लघुवित्त नै अगाडि देखिएका छन् । यी दुवै कम्पनीको चुक्ता पुँजी १ अर्ब रहेको छ । रिजर्भ कोषमा सबै भन्दा बढी रकम निर्धन उत्थान लघुवित्तले जम्मा गरेको छ । यसको १ अर्ब ७४ करोड ७८ लाख ७ हजार रुपैयाँ रिजर्भमा रहेको छ ।



यस अवधिमा माइक्रोफाइनान्सहरुको प्रतिसेयर आम्दानी भने केहीको घटेको छ । अधिकांशले चुक्ता पुँजी बढाएकाले प्रतिसेयर आम्दानी केही कमजोर देखिएको हो । यता, आरम्भ माइक्रोफाइनान्स प्रतिसेयर १ रुपैयाँ ५४ पैसा नोक्सानमा रहेको छ । कम्पनीहरुको प्रगति विवरण हेर्दा सबैभन्दा बढी फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी १०७ रुपैयाँ १८ पैसा देखिन्छ । 
 
माइक्रोफाइनान्स कम्पनीहरु पनि धमाधम पुँजी वृद्धि अभियानमा लागेका छन् । पुँजी आधारसँगै व्यवसाय विस्तार र नाफा बढाउने प्रतिस्पर्धामा कम्पनीहरु लागेको विश्लेषण गर्न सकिन्छ । 

Post Your Comment