Market Closed

निर्धन उत्थानको खुद नाफामा २०.१३% वृद्धि, रिजर्भमा जम्मा भयो १ अर्ब ७४ करोड

06 Nov,2018
  • nubl_11_6_2018_5_06_21.jpg
नेपाली पैसा
 
काठमाडौं : निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २०.१३% ले वृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षको यसै अवधिमा १२ करोड ५५ लाख १६ हजार रुपैयाँ रहेको खुद नाफा वृद्धि गरी अहिले १५ करोड ७ लाख ८३ हजार रुपैयाँ पुर्याएको हो ।
 
कम्पनीको खुद ब्याज आम्दानीमा पनि २१.८१% सुधार भएर ३८ करोड १२ लाख २८ हजार रुपैयाँ पुगेको छ । यसैगरी, सञ्चालन नाफा २३ करोड ३४ लाख ७६ हजार रुपैयाँ रहेको छ । निर्धनले ८ अर्ब ९८ करोड ९९ लाख ७६ हजार रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ५ करोड ७० लाख ६० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जा ०.४२% बाट बढेर १.०२% पुगेको छ ।
 
निर्धनको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ । निर्धनले २०% बोनस सेयर र २२.११% नगद लाभांश दिने घोषणा गरेको छ । बोनसपछि पुँजी १ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । रिजर्भ कोषलाई पनि अझ मजबुत रहेको छ । रिजर्भमा अहिले १ अर्ब ७४ करोड ७८ लाख ७ हजार रुपैयाँ जम्मा गरेको छ । निर्धानको प्रतिसेयर आम्दानी ६० रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ २७४ रुपैयाँ ७८ पैसा रहेको छ ।

निर्धन उत्थानको वित्तीय विवरण हेर्न यस लिंकमा क्लिक गर्नुहोस्

Post Your Comment