Market Closed

सोल्टी होटेल बलियो कि ओरियन्टल, कसको नाफा कति ? (तथ्यांकसहित)

08 Dec,2017
  • profit_12_8_2017_5_46_49.jpg
समिर गौतम 
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्जमा अहिले ४ वटा होटेल समूहमा ४ वटा कम्पनीहरु सूचीकृत छन् । यीमध्ये पनि याक एन्ड यति होटलको पछिल्लो समय सेयर कारोबार हुँदैन । नेप्सेमा कारोबार भइरहेका अन्य ३ मध्ये तारागाउँ रिजेन्सी होटलले भने अहिलेसम्म चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन । पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका सोल्टीओरियन्टल होटलको वित्तीय सूचकहरुलाई यहाँ तुलना गरिएको छ । यी २ होटलमध्ये ओरियन्टलको सेयर पुँजी धेरै छ । यसको सेयर पुँजी ७९ करोड १७ लाख २५ हजार रुपैयाँ छ भने सोल्टीको ५७ करोड ९१ लाख ८१ हजार रुपैयाँ मात्र छ । सूचीकृत सेयर भने सोल्टीको धेरै छ । सोल्टीको फेस भ्यालु १० रुपैयाँ मात्र भएकाले पनि सूचीकृत सेयर संख्या धेरै देखिएको हो । यसै आधारमा हिसाब गर्दा यस होटलको पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी ६ पैसामात्र देखिएको छ । प्रतिसेयर नेटवर्थ पनि २४ रुपैयाँ ३८ पैसा छ । यता, पहिलो त्रैमासमा ओरियन्टलको प्रतिसेयर आम्दानी भने ३ रुपैयाँ २३ पैसा छ ।


 
ओरियन्टलको खुद नाफा भने २ करोड ५५ लाख ५४ हजार रुपैयाँ छ । यो सोल्टी होटलसँग तुलना गर्दा धेरै माथि देखिएको छ । सोल्टीले भने पहिलो त्रैमासमा ३५ लाख ३५ हजार रुपैयाँमात्र खुद नाफा कमाएको छ । नेप्सेमा भएको अन्तिम कारोबार मूल्यको आधारमा सोल्टीको मूल्य आम्दानी अनुपात ४६६६.६६ गुणा छ भने ओरियन्टलको २२२.२९ गुणा छ । यी दुवै कम्पनीले लगानीकर्तालाई आकर्षक प्रतिफल दिंदै आएका छन् । हालै मात्र सोल्टीले मंसिर २८ गते हुने वार्षिक साधारण सभामा १५% बोनस सेयर र ६.०५% नगद लाभांश दिने प्रस्ताव लैजाँदैछ । गत वर्ष पनि यो होटलले ११.०५% नगद लाभांश र १०% बोनस सेयर दिएको थियो । ओरियन्टलले पनि कात्तिक २३ गते साधारण सभा गरेर १८% बोनस सेयर र ६.२१% नगद लाभांश दिने प्रस्ताव पारित गरिसकेको छ । ओरियन्टलले गत वर्ष पनि २०% बोनस सेयर र ६.३२% नगद लाभांश दिएका थियो । 
 
 
 

Post Your Comment