Market Closed

पाँचथर पावर कम्पनीको इपीएस कति ?

22 Nov,2020
  • profit_nes_8_31_2020_9_05_07_11_22_2020_11_11_50.jpeg
नेपाली पैसा

काठमाडौं : चालु आर्थिक पहिलो त्रैमाससम्म आइपुग्दा पाँचथर पावर कम्पनीले ७ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा ४.५१% ले थोरै हो । अघिल्लो वर्ष कम्पनीले ७ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ९.१३% ले घटेसँगै नाफामा पनि गिरावाट आएको छ ।

अघिल्लो वर्ष बिद्युत बिक्रीबाट १६ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीको यो त्रैमासमा घटेर १४ करोड ६१ लाख रुपैयाँमा सीमित भएको छ । असोज मसान्तसम्म आइपुग्दा यस कम्पनीको चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ । जगेडा कोष भने ६ करोड ८४ लाख रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर आम्दानी २९ रुपैयाँ ६४ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ८९ पैसा छ ।
 

Post Your Comment