एकै दिन ३ करोड २१ लाख ९८ हजार कित्ता सेयर थपियो, ९ कम्पनीको के–के भए सूचीकृत

12 Apr,2018
  • Listing_4_12_2018_11_39_34.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेप्सेमा बिहीबार ९ वटा कम्पनीको ३ करोड २१ लाख ९८ हजार ९६७.४६ कित्ता सेयर सूचीकृत भएको छ । जसमा ३ करोड ९ लाख १५ हजार ९२६ कित्ता बोनस र १२ लाख ८३ हजार ४० कित्ता हकप्रद सेयर रहेको छ । सबैभन्दा धेरै बोनस सेयर सूचीकृत गर्नेमा २ वटा वाणिज्य रहेका छन् । प्राइम कमर्सियल बैंकको १ करोड ७० लाख ७८ हजार ६६६.८९ कित्ता र सनराइज बैंकको १ करोड ६ लाख ३३ हजार ७६८.५० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

प्राइमको २७% र सनराइजको १५% बोनस सूचीकृत भएको हो । त्यस्तै, प्रुडेन्सियल इन्सुरेन्सको भने १२ लाख ८३ हजार ४० कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । यो इन्सुरेन्सले ३०% हकप्रद बिक्री गरेको थियो । यसैगरी, तिनाउ विकास बैंक, लुम्बिनी जनरल इन्सुरेन्स, अपि पावर, जानकी फाइनान्स, तथा सिभिल र नागबेली लघुवित्तको पनि बोनस सेयर सूचीकृत भएको छ ।

Post Your Comment