Market Closed

प्राइम बैंकले बाँड्यो हकप्रद सेयर, तीन कित्ता हुनेको थप एक कित्ता बढ्यो

25 Nov,2016
  • prime-bank_11_25_2016_2_21_03.jpg
नेपाली पैसा
 
काठमाडौं : प्राइम कमर्सियल बैंक लिमिटेडले हकप्रद सेयर बाँडफाँट गरेको छ । 
 
बैंकले गत भदौ १२ गते देखि असोज १६ गते सम्म खुला गरेको हकप्रद सेयर मंसिर ७ मा बाँडफाँट गरिएको हो । 
 
प्राइमले  ३ः१ को अनुपातमा प्रतिसेयर १०० को दरले एक करोड २३ लाख ५० हजार आठ सय ७४ कित्ता सेयर बिक्री खुला गरेको थियो । 
 
गत साउन १९ गते सम्म कायम रहेका सेयरधनीले यो सेयर भर्न पाएका थिए । प्राइमको हकप्रदमा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले गरेको हो । 

Post Your Comment