Market Closed

प्राइम, कन्ट्री र विराटलक्ष्मीले एकै दिन यसरी गर्ने भए एजीएम, प्राइमले गर्दैछ दुवैलाई एक्वायर

03 Jan,2017
  • agm-small_1_3_2017_6_17_56.jpg
नेपाली पैसा
 
काठमाडौं : यतिबेला पब्लिक लिमिटेड कम्पनीहरूमा साधारण सभा गर्न होमिरहेका छन् । अधिकांशले साधारण सभा सम्पन्न गरिसकेका छन् भने कतिपयले धमाधम गर्दैछन् । कम्पनीले साधारण सभामार्फत लाभांश प्रस्तावलाई अनुमोदन गर्ने, हकप्रद वा एफपीओ प्रस्ताव पास गराउने अनि मर्ज, एक्वायरलगायतका महत्वपूर्ण एजेन्डा पारित गराइरहेका छन् । यहीक्रममा प्राइम कमर्सियल बैंक, कन्ट्री डेभलपमेन्ट बैंक र विराटलक्ष्मी विकास बैंकले एकै साथ माघ १२ गते साधारण सभाको घोषणा गरेका छन् ।

प्राइमसँग कन्ट्री र विराटलक्ष्मी गाभिने अन्तिम सहमति पनि भइसकेको छ । यसैका लागि यी तीन वटै बैंकले एकैसाथ साधारण सभा पनि घोषणा गरेका हुन् । प्राइम कर्मिर्सयल बैंकले माघ १२ गते नवौं साधारण सभा डाकेको छ ।  बैंकले ८५ करोड २२ लाख १० हजार तीन सय २१ रुपैयाँ बराबरको बोनस सेयर दिनेछ । प्राइमले चार करोड ४८ लाख ५३ हजार एक सय ७५ रुपैयाँ बोनस सेयरको कर तिर्न नगद लाभांश पनि वितरण गर्दैछ ।

साधारण सभाले बिराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंकलाई एक्वायर गर्न डीडीए रिपोर्ट अनुसार सेयर अनुपातलगायतका प्रस्तावलाई अनुमोदन गर्नेछ । प्राइमको साधारण सभा माघ १२ गते बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा सुरु हुनेछ । सभामा बैंकले चुक्ता पुँजी वृद्धि गरी ६ अर्ब ३२ करोड ५४ लाख ३२ हजार दुई सय रुपैयाँ पु¥याउने प्रस्ताव पनि लैजाँदैछ । साधारण सभा गर्न प्राइमले पुस २८ गतेदेखि साधारण सभा सम्पन्न नहुन्जेल सम्म सेयरधनी दर्ता किताब बन्द गर्नेछ । 
 
कन्ट्री डेभलपमेन्ट बैंकले पनि माघ १२ गत नै नवौंं वार्षिक साधारण सभा बोलाएको छ । बनेपामा केन्द्रीय कार्यालय रहेको कन्ट्रीले सभामा चुक्ता पुँजीको ८.३५ प्रतिशत बोनस सेयरको प्रस्ताव लैजाँदैछ । बैंकले तीन करोड एक लाख ६० हजार चार सय १६ रुपैयाँ बराबरको बितरण गर्नेछ । कन्ट्रीले बोनस सेयरमा कर तिर्न १५ लाख ८७ हजार तीन सय ९० रुपैयाँ नगद लाभांस बितरण गर्ने प्रस्ताव पेस गर्नेछ । बैंकको साधारण सभा के एन बैंक्वीट बनेपामा बिहान ११ बजे सुरु हुनेछ । सभामा कन्ट्री डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राइम कमर्सियल बैंक लिमिटेडले एक्वायर गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेस हुनेछ ।   
 
यसैगरी, विराटलक्ष्मी विकास बैंकको १२ औं साधारण सभा पनि माघ १२ मै  हुने भएको छ । बैंकले साधारण सभामा १८.५% का प्रतिशत बोनस सेयरको प्रस्ताव लैजाँदैछ । बोनसमा लाग्ने कर तिर्न बैंकले ४१ लाख ४१ हजार ६ सय ४२ रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव पनि पेस गर्नेछ । विराटनगर—२ स्थित उद्योग संगठन मोरङको सभाकक्षमा बिहान ११ बजे सभा सुरु हुनेछ । बिराटलक्ष्मीको केन्द्रीय कार्यालय विरानटगरमै छ । सभामा विराटलक्ष्मी विकास बैंकलाई प्राइम कमर्सियल बैंक लिमिटेडले प्राप्ति गर्ने विशेष प्रस्ताव पनि साधारण सभाबाट पारित गराउने एजेन्डा छ । 

Post Your Comment