Market Closed

प्राइम कमर्सियल बैंकको १७.२५ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

11 Jan,2017
  • prime-bank_1_11_2017_2_08_12.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्राइम कमर्सियल बैंकको बोनस सेयर सुरक्षित गर्ने बुधबार अन्तिम दिन हो । बैंकले ८५ करोड २२ लाख १० हजार तीन सय २१ रुपैयाँ बराबरको बोनस सेयर दिने घोषणा गरेको छ । बैंकले हालै ३३ प्रतिशत हकप्रद सेयर पनि निष्कासन गरी बाँडफाँडसमेत गरिसकेको छ । यो हकप्रदमा लगानी गर्नेले पनि बोनस सेयर पाउनेछन् । यसआधारमा लगानीकर्ताले प्राइमको १७.२५ प्रतिशत बोनस सेयर पाउनेछन् । 
 
लगानीकर्ताले बैंकको यो बोनस रकम सुरक्षित गर्न आज कारोबार समयभित्र सेयर खरिद गरिसक्नुपर्छ । साधारण सभा प्रयोजनका लागि प्राइमले पुस २८ देखि माघ १२ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्नेछ । बैंकले ८५ करोड २२ लाख रुपैयाँ बराबरको बोनस सेयर पारित गराउन माघ १२ मा साधारण सभा बोलाएको छ । 
 
त्यस्तै, बैंकले बोनसमा लाग्ने कर प्रयोजन तिर्न चार करोड ४८ लाख ५३ हजार एक सय ७५ रुपैयाँ नगद लाभांस दिने प्रस्ताव पनि सभामा लैजाँदैछ । चुक्ता पुँजी ३ अर्ब ७० करोड ५२ लाख ६२ हजार रुपैयाँ रहेको प्राइमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २५ करोड १० लाख ५८ हजार रुपैयाँ कमाएको छ । प्रतिसेयर आम्दानी २७ रुपैयाँ १० पैसा रहेको प्राइमको प्रतिसेयर नेटवर्थ भने एक सय ५४ रुपैयाँ १६ पैसा छ । 

Post Your Comment