Market Closed

प्राइम बैंकले जेठ २६ मा गर्ने भयो एजीएम, बुक क्लोज कहिले ?

15 May,2019
  • Prime-commercial-bank-L_4__5_1_2018_2_05_28.jpg
नेपाली पैसा

काठमाडौं : प्राइम कमर्सियल बैंकले जेठ २६ गते आइतबार साधारण सभा बोलाएको छ । बैंकले आफ्नो ११ औं वार्षिक साधारण सभा गर्न लागेको हो । सभा नेपाल एकेडमी, कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । साधारण सभा प्रयाजनका लागि प्राइमले जेठ ९ गतेदेखि जेठ २६ गतेसम्म बुक क्लोज गर्नेछ । सभामा वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । यसैगरी, नाफा नोक्सान हिसाबकिताब लगायतका एजेन्डा पनि राखिएका छन् ।  
 
प्राइमले यसअघि गत वर्षको नाफाबाट १६% बोनस सेयर घोषण गरेको थियो । तर साधारण सभा र बुक क्लोजको सूचनामा यो बोनस सेयरका बारेमा उल्लेख गरिएको छैन । प्राइम बैंकका कम्पनी सचिव सन्तोष बरालले प्रस्तावि बोनस सेयर साधारण सभामा पेश हुने नेपाली पैसालाई जानकारी गराए । ‘बोनस सेयर रद्द भएको छैन,’ उनले भने । यो बोनस पाउन जेठ ८ गतेभित्र सेयरधनी भइसक्नुपर्नेछ । 
 
बोनस अव साधारण सभाले पारित गरेपछि लगानीकर्ताको खातामा जम्मा गर्ने प्रक्रिया सुरु हुनेछ । चैत मसान्तसम्म प्राइमको चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रुपैयाँ छ । बोनस वितरणपछि चुक्ता पुँजी ९ अर्ब ३१ करोड ८६ लाख २६ हजार ८४० रुपैयाँ पुग्नेछ । प्राइमले ओम डेपलमेन्ट बैंकलाई एक्वायर गर्ने तयारी गरे पनि अहिले यो प्रक्रिया भाँडिएको छ । 

 

Post Your Comment