Market Closed

नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर लिलामी भर्ने मंगलबार अन्तिम दिन

02 Jun,2019
  • Auction_6_2_2019_11_10_35.jpg
नेपाली पैसा
 
काठमाडौं : नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने म्याद मंगलबार (जेठ १९ गते) सकिँदैछ । प्रिमियर इन्सुरेन्सले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको उक्त संस्थापक सेयर जेठ १ गतेदेखि लिलामीमा ल्याएको हो ।
 
सेयरको न्यूनतम मूल्य २ हजार ५०० रुपैयाँ तोकिएको छ । सोही मूल्यलाई आधार मानेर लिलामी भर्नुपर्नेछ । यसमा मंगलबारभित्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर जमल, काठमाडौं पुग्नगरी बोलपत्र पेश गर्न सकिनेछ । यसैगरी, प्रिमियरको केन्द्रीय कार्यालय, नारायणचौर नक्सालबाट पनि आवेदन दिन पाइन्छ ।
 
यता, ग्लोबल आइएमई बैंकको बिर्तामोड, जनकपुर, विराटनगर, हेटौंडा, नारायणगढ, पोखरा र बुटवल शाखाबाट आवेदन दिन सकिनेछ । बाग्लुङ, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न पाउने व्यवस्था रहेको छ ।

Post Your Comment