Market Closed

नेप्सेमा एकै दिन २ करोड ९० लाख ५२ हजार ५४.८४ कित्ता बोनस र हकप्रद सूचीकृत, कसको के ?

18 May,2018
  • listings_template_5_18_2018_3_12_54.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार कुल २ करोड ९० लाख ५२ हजार ५४.८४ कित्ता सेयर सूचीकृत भएको छ । यसमध्ये ६८ लाख ६९ हजार ५१.१ कित्ता बोनस र २ करोड २१ लाख ८३ हजार ३.७४ कित्ता हकप्रद सेयर परेका छन् । प्रभु बैंकको मात्रै १ करोड ११ लाख ९९ हजार ३२१ कित्ता हकप्रद सेयर सूचीकरण भएको छ । भएको छ । यसको ४०% हकप्रद सूचीकरण भएको हो । 
 
यसैगरी, पोखरा फाइनान्सको १५% हकप्रद पनि सूचीकृत भएको छ । पोखराको कुल ९ लाख ८३ हजार ६८२.७४ सेयर सूचीकरण गरिएको हो । बोनस सेयर सूचीकरण गराउनेमा मितेरी र साइन रेसुंगा डेभलपमेन्ट बैंक, समता माइक्रोफाइनान्स, सिर्जना फाइनान्स, प्रिमियर इन्सुरेन्स लगायत रहेका छन् ।
 
                                     सूचीकरणमा पर्ने कम्पनीहरु : बोनस कि हकप्रद ? 

 
 
 

Post Your Comment