Market Closed

प्रिमियरको साढे ६ लाख भन्दाबढी कित्ता एफपिओ आउँदै

06 Mar,2016
  • premier_insurance_3_6_2016_4_22_51.png
 
फागुन २३, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले पूँजी बृद्धि गर्नेको लागि एपपिओ जारी गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले ६ लाख ५९ हजार ५ सय ६५ कित्ता एफपीओ जारी गर्ने प्रस्ताव साधारण सभा लाने भएको छ । कम्पनीको साधारण सभा चैत्र १७ गते हुने भएको छ । कम्पनीको संस्थापक समूह तर्फ हालमा रहेको ६० प्रतिशत हिस्सालाई ५१ प्रतिशत कायम गरी साधारण समूह ४९ प्रतिशत पु¥याउन कम्पनीले एफपिओ जारी गर्ने लागेको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई ३० प्रतिशत बोनश शेयर र १ दशमलव शून्य २ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । हाल सम्म कम्पनीको चुक्ता पूँजी रू. २८ करोड ७५ लाख रहेको छ । बोनश शेयरपछि कम्पनीको चुक्ता पूँजी रू. ३७ करोड ३७ लाख पुग्नेछ । 
 

Post Your Comment