Market Closed

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड : कम्पनी विश्लेषण (बिहीवार, २७ जेठ २०७३)

09 Jun,2016
  • eeprem-ins_6_9_2016_12_42_13.jpg


कम्पनीको २०७२/७३ आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ४० दशमलव ७३ प्रतिशत बढेको छ । कम्पनीको गत चैतमा भएको साधारणसभाले ३० प्रतिशत बोनस शेयर पारित गरेको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : न्युट्रल जोन (६१ दशमलव ९२ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन ६५ दशमलव ३१ बिन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने रेखा, सातदिने रेखा र ट्रेण्ड लाइनभन्दा माथि रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. १ हजार ५ सय ७६ मा टेवा पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को तेस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना :

- कम्पनीको तेस्रो त्रैमासमा खुद नाफा ४० दशमलव ७३ प्रतिशत बढेको छ । आय ५५ दशमलव २१ प्रतिशत र आम्दानी ४० दशमलव ८९ प्रतिशत बढ्नाले खुद नाफा बढ्नमा टेवा पुगेको हो ।

- जगेडा कोष ३० दशमलव ६६ प्रतिशत र बीमाकोष २७ दशमलव ५२ प्रतिशत बढेको छ ।

- दीर्घकालीन लगानी तथा कर्जा २ गुणा बढेर रू. २० करोड १० लाख पुगेको छ ।

- नाफा नोक्सान हिसाबमा आम्दानी ४० दशमलव ८९ प्रतिशत र व्यवस्था तथा खर्चहरू ४१ प्रतिशत बढेको छ ।

- व्यय ५७ दशमलव ३७ प्रतिशत बढेर रू. ५२ करोड ४५ लाख पुगेको छ ।

- चालू सम्पत्ति कर्जा तथा पेश्कीहरू ४४ प्रतिशत र चालू दायित्व तथा व्यवस्थाहरू ४३ दशमलव ४३ प्रतिशत बढेको छ ।

- कुल बीमाशुल्क आर्जन रकम २३ प्रतिशत बढेर रू. ६४ करोड ६९ लाख पुगेको छ ।

- कुल दाबी भुक्तानी सङ्ख्या २ हजार २ सय १४ छ भने भुक्तानी हुन बाँकी दाबी सङ्ख्या १ हजार ६ सय ७५ छ ।

- कम्पनीको तेस्रो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार आम्दानीका आधारमा प्रतिशेयर आम्दानी रू. २२ दशमलव ८७ र पीई रेशियो ५४ गुणा छ । हालको शेयरमूल्य नेटवर्थको १० गुणा छ ।

Post Your Comment