प्रिमियर इन्सुरेन्सको साधारण सभा पुस १४ मा, लगानीकर्तालाई २० प्रतिशत बोनस

08 Dec,2016
  • AGM_12_8_2016_4_26_55.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्रिमियर इन्सुरेन्सको साधारण सभा पुस १४ मा हुने भएको छ । 
 
प्रिमियरले साधारण सभामा २० प्रतिशत बोनस सेयरको प्रस्ताव लैजाँदैछ । बोनसमा लाग्ने कर तिर्न खर्च हुने ३९ लाख २९ हजार एक सय १९ रुपैयाँ नगद लाभांश पनि दिने प्रस्ताव साधारण सभामा जाँदैछ । 
 
कम्पनीले हाल कायम अधिकृत पुँजी बढाएर दुई अर्ब र जारी पुँजी एक अर्ब ५० करोड पुर्याउने विशेष प्रस्ताव पनि लैजादैछ । 
 
काठमाडौंको त्रिपुरेश्वरस्थित बेगनभिल्लामा बिहान ११ बजेबाट सभा सुरु हुनेछ । प्रिमियरले साधारण सभा प्रयोजनका लागि पुस ७ देखि पुस १४ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्नेछ । 
 
३७ करोड ३७ लाख ५३ हजार रूपैयाँ चुक्ता पुँजी रहेको प्रिमियरले चालु आर्थिक वर्षकोे पहिलो त्रैमासमा २० करोड चार लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ  । 
 
प्रतिसेयर आम्दानी (वार्षिकीकरण) १९ रुपैयाँ ८३ पैसा रहेको प्रिमियरको प्रतिसेयर नेटवर्थ भने दुई सय चार रुपैयाँ ७७ पैसा छ ।
 
 

Post Your Comment