Market Closed

प्रिमियर इन्सुरेन्सको खुद नाफा २३.१२% घटे पनि बिमा कोष ३४% ले भयो ठूलो

15 Feb,2018
  • premier-insurance-company-Ltd_2_15_2018_10_54_51.jpg
 नेपाली पैसा 
 
काठमाडौं : प्रिमियर इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २३.१२% ले खुद नाफा घटेको रिपोर्ट सार्वजनिक गरेको छ । दोस्रो त्रैमासमा प्रिमियरले ५ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यही बेला ७ करोड ३ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । इन्सुरेन्सले ६ महिना अवधिमा ७७ करोड ४८ लाख ६६ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको तुलनामा १८.४९% बढी हो । गत वर्ष प्रिमियरले ६५ करोड ३९ लाख ४७ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको थियो ।

यस त्रैमाससम्ममा २ हजार २६१ वटा दाबी भुक्तानी गरेको छ भने ३ हजार ६६२ वटा दाबी भुक्तानी हुन बाँकी छ । यस्तै, कम्पनीले पुनर्बिमा कमिसनबाट पनि ८ करोड ४९ लाख ४ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष पुनर्बिमा कमिसनबाट ६ करोड २० लाख १२ हजार रुपैयाँ आम्दानी भएको थियो । प्रिमियरले महाविपत्ति जगेडा कोषमा ३ करोड २८ लाख ७ हजार रुपैयाँ राखेको छ । त्यस्तै, प्रिमियर बिमा कोषको आकार ३४% ले बढोत्तरी गरेर ३६ करोड ७४ लाख ८३ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । गत वर्ष बिमा कोषमा २७ करोड ४२ लाख ३७ हजार रुपैयाँ मात्र थियो ।

चुक्ता पुँजी ४४ करोड ८५ लाख ४ हजार रुपैयाँ रहेको प्रिमियरको जगेडा कोषमा २० करोड ३८ लाख १४ हजार रुपैयाँ छ । प्रिमियरले पुस १६ देखि १९ गतेसम्म फेस भ्यालु १०० रुपैयाँमा ६९९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ७९९ रुपैयाँ दरमा ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ बिक्री गरेको थियो । प्रिमियरले ५२ करोड ६९ लाख ९२ हजार ४३५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो । 

एफपीओपछि चुक्ता पुँजी ५१ करोड ४४ लाख ६० हजार ३०० रुपैयाँ पुगेको छ । यस आधारमा कम्पनीलाई बिमा समितिले तोके अनुसारको चुक्ता पुँजी पुर्याउन अझै ठूलो रकम आवश्यक पर्ने देखिन्छ । कम्पनीले हालैमात्र एफपीओले पनि पाउने गरी १३.५२% बोनस सेयर दिने घोषणा पनि गरेको छ । बोनपछि भने कम्पनीको चुक्ता पुँजी अझै बढ्नेछ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ १२ पैसा रहेको प्रिमियरको प्रतिसेयर नेटवर्थ भने २३४ रुपैयाँ ६९ पैसा छ । 

http://www.nepalipaisa.com/documentviewer.aspx/PIC/Premier-Insurance-Co.-Ltd./file/premier_insurance_co_(nepal)_ltd,_2nd_qtr_watermark_2_15_2018_10_15_09_AM.pdf
 
 
 

Post Your Comment