Market Closed

प्रिमियरको चैत २६ मा एजीएम १३.५२% बोनस प्रस्ताव, बुक क्लोज कहिले ?

18 Mar,2018
  • premier-insurance-comp_3_18_2018_12_33_22.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्रिमियर इन्सुरेन्सको वार्षिक साधारण सभा चैत २६ गते बस्ने भएको छ । प्रिमियरले १३.५२% बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव लैजाँदैछ । बोनस वितरणमा कम्पनीले ३६ लाख ५९ हजार ७४९ रुपैयाँ खर्च गर्नेछ ।

साधारण सभा नक्साल ब्यांक्वेट, नक्साल काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । प्रिमियरले आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा नोक्सान, वासलात तथा अन्य हिसाब सम्बन्धि विवरण पारित गर्ने प्रस्ताव पनि राख्नेछ । 
 
सभामा २०७४–७५ को लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि हुनेछ । साधारण सभा गर्न प्रिमियरले चैत ८ गतेदेखि चैत २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । चैत ७ गतेसम्म मात्र कायम सेयरधनीले कम्पनीको बोनस सुरक्षित गर्नसक्नेछन् । 
 
हाल कम्पनीको चुक्ता पुँजी ४४ करोड ८५ लाख ४ हजार रुपैयाँ रहेको छ । इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । प्रिमियरको जगेडा कोषमा पनि २० करोड ३८ लाख १४ हजार रुपैयाँ छ । 
 
कम्पनीले पुस १६ देखि १९ गतेसम्म फेस भ्यालु १०० रुपैयाँमा ६९९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ७९९ रुपैयाँ दरमा ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ बिक्री गरेको थियो । प्रिमियरले ५२ करोड ६९ लाख ९२ हजार ४३५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो । एफपीओ बिक्रीपछि भने चुक्ता पुँजी ५१ करोड ४४ लाख ६० हजार ३०० रुपैयाँ पुगेको छ । 
 
प्रिमियरलाई बिमा समितिले तोके अनुसारको चुक्ता पुँजी पुर्याउन अझै ठूलो रकम आवश्यक पर्ने देखिन्छ । बोनस सेयर एफपीओ किनेकाले पनि पाउने छन् । बोनपछि भने चुक्ता पुँजी ५१ करोड ८१ लाख २० हजार ४९ रुपैयाँ पुग्नेछ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ १२ पैसा रहेको प्रिमियरको प्रतिसेयर नेटवर्थ भने २३४ रुपैयाँ ६९ पैसा छ । 
 

Post Your Comment