Market Closed

प्रिमियर इन्सुरेन्सको १३.५२% बोनस पाउन सेयरधनी बन्ने आज अन्तिम मौका

21 Mar,2018
  • premier-insurance-company-Ltd_3_21_2018_10_37_02.jpg
नेपाली पैसा
 
काठमाडौं : प्रिमियर इन्सुरेन्सको १३.५२% बोनस सेयर सुरक्षित गर्ने बुधबार अन्तिम दिन हो । इन्सुरेन्सले चैत २६ गते बस्ने वार्षिक साधारण सभामा १३.५२% बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव लैजाँदैछ । यसका लागि कम्पनीले बिहीबार (चैत ८ गते) देखि सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । यसकारण प्रिमियरले दिने बोनस सुरक्षित गर्न बुधबारसम्म कम्पनीको सेयरधनी बनेको हुनुपर्छ ।
 
साधारण सभा नक्साल ब्यांक्वेट, नक्साल काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । प्रिमियरले आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा नोक्सान, वासलात तथा अन्य हिसाब सम्बन्धि विवरण पारित गर्ने प्रस्ताव पनि राख्नेछ । सभामा २०७४–७५ को लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि हुनेछ ।
 
हाल कम्पनीको चुक्ता पुँजी ४४ करोड ८५ लाख ४ हजार रुपैयाँ रहेको छ । इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले पुस १६ देखि १९ गतेसम्म ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ बिक्री गरेको थियो । एफपीओ बिक्रीपछि भने चुक्ता पुँजी ५१ करोड ४४ लाख ६० हजार ३०० रुपैयाँ पुगेको छ । 
 
प्रिमियरलाई बिमा समितिले तोके अनुसारको चुक्ता पुँजी पुर्याउन अझै ठूलो रकम आवश्यक पर्ने देखिन्छ । बोनस सेयर एफपीओ किनेकाले पनि पाउने छन् । बोनपछि भने चुक्ता पुँजी ५१ करोड ८१ लाख २० हजार ४९ रुपैयाँ पुग्नेछ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ १२ पैसा रहेको प्रिमियरको प्रतिसेयर नेटवर्थ भने २३४ रुपैयाँ ६९ पैसा छ ।

Post Your Comment