प्रिमियर इन्सुरेन्सको साधारण सभा आज, लगानीकर्तालाई बोनस सेयर प्रस्ताव

09 Apr,2018
  • premier-insurance-company-L_4_9_2018_10_35_20.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्रिमियर इन्सुरेन्सको साधारण सभा नक्साल ब्यांकेट, काठमाडौंमा बिहान १० बजेदेखि सुरु भएको छ । प्रिमियरले लगानीकर्तालाई १३.५२% बोनस सेयर दिने विशेष प्रस्ताव पेस गरेको छ । यसैगरी बोनसमा लाग्ने कर तिर्न नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि छ ।  प्रिमियर इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
 
चुक्ता पुँजी ४४ करोड ८५ लाख ४ हजार रुपैयाँ रहेको प्रिमियरको जगेडा कोषमा २० करोड ३८ लाख १४ हजार रुपैयाँ छ । प्रिमियरले पुस १६ देखि १९ गतेसम्म फेस भ्यालु १०० रुपैयाँमा ६९९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ७९९ रुपैयाँ दरमा ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ बिक्री गरेको थियो । कम्पनीले ५२ करोड ६९ लाख ९२ हजार ४३५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो । 
 
एफपीओपछि चुक्ता पुँजी ५१ करोड ४४ लाख ६० हजार ३०० रुपैयाँ पुगेको छ । यस आधारमा कम्पनीलाई बिमा समितिले तोके अनुसारको चुक्ता पुँजी पुर्याउन अझै ठूलो रकम आवश्यक पर्ने देखिन्छ । 
 
कम्पनीले एफपीओले पनि पाउने गरी १३.५२% बोनस सेयर दिन लागेको हो । बोनसपछि चुक्ता पुँजी अझै बढ्नेछ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ १२ पैसा रहेको प्रिमियरको प्रतिसेयर नेटवर्थ भने २३४ रुपैयाँ ६९ पैसा छ । 

Post Your Comment