Market Closed

प्रिमियर इन्सुरेन्सको नाफा २९.५७% बढ्यो, रिजर्भ कोष यसरी भयो आकर्षक

15 May,2018
  • premier-insurance-company_5_15_2018_10_44_36.jpg
नेपाली पैसा
 
काठमाडौं : प्रिमियर इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २९.५७% ले खुद नाफा वृद्धि गरेको छ । कम्पनीले गत आर्थिक वर्षको यही अवधिमा १० करोड ३० लाख ५६ हजार रुपैयाँ रहेको खुद नाफा वृद्धि गरी १३ करोड ३५ लाख ३० हजार रुपैयाँ पुर्याएको हो । तेस्रो त्रैमाससम्म यो इन्सुरेन्सले ६२ करोड १४ लाख ६६ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । 
 
यता, पुनर्बिमा कमिसनबाट १२ करोड ४८ लाख ३३ हजार रुपैयाँ आम्दानी भएको छ । यो अवधिसम्म कुल बिमा शुल्क आर्जन १ अर्ब १३ करोड ६४ लाख ३२ हजार रुपैयाँ रहेको छ । प्रिमियरले कुल १ अर्ब १ करोड ५६ लाख २४ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ ।

भुक्तानी हुन बाँकी दावी रकम १ अर्ब ८ करोड ६ लाख ५ हजार रुपैयाँ छ । यस इन्सुरेन्सको जारी बिमा लेखको संख्या १ लाख ४६ हजार ६३२ पुगेको छ ।
 
प्रिमियरले एफपीओ बिक्री गरी चुक्ता पुँजी ५८ करोड ४० लाख रुपैयाँ पुर्याएको छ । यसैगरी, एफपीओबाटै आएको प्रिमियमले गर्दा रिजर्भ कोषको आकार थप मजबुत भएको छ । प्रिमियरको रिजर्भमा ७० करोड ४५ लाख ६४ हजार रुपैयाँ जम्मा भएको छ ।

बिमा कोषमा भने ४३ करोड ४२ लाख ४८ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३० रुपैयाँ ४९ पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ ३०१ रुपैयाँ ७६ पैसा छ ।

 
 

Post Your Comment