Market Closed

हकप्रदमा बहार, प्राइम लाइफ १६०% र नेसनल लाइफ ६०% हकप्रद अनुमति लिन बोर्डमा

14 Nov,2017
  • shares-500x332_11_14_2017_4_34_06.jpg
नेपाली पैसा
 
काठमाडौं : प्राइम लाइफ इन्सुरेन्सनेसनल लाइफ इन्सुरेन्स हकप्रद जारी गर्ने अनुमति माग्न धितोपत्र बोर्ड पुगेका छन् । प्राइमले १६०% हकप्रद र नेसनलले ६०% हकप्रद निष्कासन गर्न बोर्डसँग अनुमति मागेका हुन् । कम्पनीले १ः१.६० अनुपातमा ६१ लाख २ हजार कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । यता, नेसनल लाइफले पनि ६०% हकप्रदका लागि बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १०ः६ अनुपातमा ९९ लाख ३६ हजार ४७८ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । नेसनलको हकप्रदमा एनआइबीएल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्दैछ । बिमा समितिको निर्देशन अनुसार जीवन बिमा कम्पनीले चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासको रिपोर्ट अनुसार प्राइम लाइफको चुक्ता पुँजी ४८ करोड ८१ लाख ६० हजार रुपैयाँ छ । कम्पनीले लगानीकर्तालाई २५% बोनस सेयर दिइसकेको छ । यता, नेसनलको चुक्ता पुँजी भने १ अर्ब ३२ करोड ४८ लाख ६३ हजार रुपैयाँ छ । 
 
 
 

Post Your Comment