Market Closed

प्राइम लाइफ इन्स्योरेन्स : कम्पनी विश्लेषण (मङ्गलवार, २८ भदौ २०७३)

13 Sep,2016
  • prime_life_9_13_2016_12_47_10.png


कम्पनीको २०७२/७३ आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ५४ प्रतिशत बढेको छ । बीमा कोष ३५ दशमलव ८६ प्रतिशत बढेर रू. ३ अर्ब ६२ करोड पुगेको छ ।

प्राविधिक विश्लेषण
मैनबत्ती चित्र : अन्तिम दोस्रो दिनमा पुच्छर भएको कालो मैनबत्ती बनेको छ । यसले बजारमा विक्री चाप बढेको देखाउँछ । सोही कारण अन्तिम दिनमा शेयर मूल्य घटेको छ ।

आरएसआई : न्यूट्रल जोन (६५ दशमलव २७ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा छ । स्ट्याण्डर्ड डेभिएशन ४१ दशमलव ६८ बिन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र ७ दिने मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य ७ दिने रेखा ट्रेड लाइनभन्दा माथि र २१ दिने रेखा ट्रेण्ड लाइनभन्दा तल रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. २ हजार २ सय १५ मा टेवा पाउन सक्छ । मूल्य महँगिएमा रू. २ हजार ३ सय ३० मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को चौथो त्रैमासिक वित्तीय विवरणबीच तुलना
- कम्पनीको अन्तिम त्रैमासमा खुद नाफा ५४ प्रतिशत बढेको छ । आय १९ दशमलव ६० प्रतिशत र आम्दानी ३८ दशमलव ५१ प्रतिशत बढेको छ । सोही कारण खुद नाफा बढ्न टेवा पुगेको हो ।

- चुक्तापूँजीको तुलनामा खुद नाफा १४ दशमलव ७६ प्रतिशत बढेर २२ दशमलव ७४ प्रतिशत पुगेको छ ।

- जगेडा कोष ४० दशमलव ३४ प्रतिशत बढेर रू. ६८ करोड ५० लाख र बीमा कोष ३५ दशमलव ८६ प्रतिशतले बढेर रू. ३ अर्ब ६२ करोड पुगेको छ ।
- दीर्घकालीन लगानी तथा कर्जा १२ दशमलव ८९ प्रतिशत घटेर रू. २३ करोड ९ लाखमा सीमित भएको छ ।

- आय १९ दशमलव ६० प्रतिशतले बढेर रू. २ अर्ब २४ करोड र व्यय १२ दशमलव ४९ प्रतिशतले बढेर रू. १ अर्ब १५ करोड छ ।

- चालू सम्पत्ति कर्जा तथा पेश्कीहरू २९ दशमलव ४३ प्रतिशत र चालू दायित्व तथा व्यवस्थाहरू २० प्रतिशतले बढेको छ ।

- कुल दाबी भुक्तानी रकम १३ दशमलव ३९ प्रतिशत बढेर रू. २९ करोड ८९ लाख पुगेको छ ।

- कम्पनीको चौथो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार आम्दानीका आधारमा प्रतिशेयर आम्दानी रू. २२ दशमलव ७५ र पीई रेशियो साढे ९६ गुणा छ । हालको शेयर मूल्य नेटवर्थको ९ गुणा छ ।