Market Closed

प्राइम लाइफले सुरु गर्यो मोबाइल एप्स, अब सबै सूचना मोबाइल फोनमै पाउन सकिने

18 Dec,2016
  • Primelife_logo_Nepali_12_18_2016_1_27_34.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्राइम लाइफ इन्सुरेन्सले बीमित, अभिकर्ता अनि सर्वसाधरणलाई तुरुन्त सूचना प्रवाह गर्न मोबाइल एप्स सेवा सञ्चालनमा ल्याएको छ । 
 
नयाँ एप्समार्फत कम्पनीले आफ्ना नविनतम सूचना तथा जानकारीहरू उपलब्ध गराउनेछ । एप्सको नाम ‘प्राइमलाइफ’ राखिएको छ । यो एप्स एन्ड्रोइड तथा एप्पलका फोनहरुमा डाउनलोड गरी प्रयोग गर्न सकिनेछ । 
 
प्राइमलाइफ इन्सुरेन्स कम्पनीका सञ्चालक समिति अध्यक्ष प्राडा. उपेन्द्रकुमार कोइरालाले एक कार्यक्रमबीच नयाँ एप्सको शुभारम्भ गरे । 
 
यो एप्सको माध्यमबाट जीवन बिमाका बीमित, ग्राहक तथा अभिकर्ताहरुले बिमा योजना छनोट, बिमाशुल्कलगायत कम्पनीको जीवनबिमासम्बन्धी सम्पूर्ण गतिविधिको जानकारी आफ्नै मोबाइल फोन मार्फत तुरुन्तै थाहा पाउन सक्नेछन् । 
 
एन्ड्रोइड तथा आइ.ओ.एस. दुवै भर्सनमा उपलब्ध यो प्राइमलाइफ एप्स अन्य चर्चित एप्सहरु जस्तै  एप्स स्टोरबाट सीधै मोबाइलमा डाउनलोड गरी प्रयोग गर्न सकिने छ । प्राइमलाइफले यस अघि नै अनलाइन जीवन बीमाको व्यवस्था गरिसकेको छ । 
 
यो एप्सको प्रयोगले जीवन बिमा गर्नु अगावै सबै जानकारी लिई सही निर्णय लिन तथा बीमा गरिसकेपछिका बिमा सम्वन्धि सम्पूर्ण जानकारी अनि सूचना प्राप्त गर्नमा निकै सहयोगी हुने कम्पनीले विश्वास लिएको छ 
 
प्राइम लाइफ इन्सुरेन्सले मंसिर महिनासम्ममा आठ अर्ब ४६ करोड ५५ लाख २९ हजार रूपैयाँ बिमा शुल्क आर्जन गरिसकेको छ । कुल बिमा लेख संख्या भने १४ लाख तीन हजार आठ सय ५२ वटा छ । 
 
कम्पनीले हालसम्म चार अर्ब ८८ करोड ९२ लाख नौ हजार रूपैयाँ लगानी गरेको छ भने जीबन बिमा कोषको आकार तीन अर्ब ८६ करोड ७१ लाख १५ हजार रुपैयाँ पुगिसकेको छ । कम्पनीको चुक्ता पुँजी ५० करोड रूपैयाँ छ ।