Market Closed

प्राइम लाइफको १२.५% बोनस पारित, अब चुक्ता पुँजी १ अर्ब ७८ करोड

29 Mar,2018
  • 10_3_29_2018_11_42_31.jpg
नेपाली पैसा
 
काठमाडौं : प्राइम लाइफ इन्सुरेन्सले १२.५% बोनस दिने प्रस्ताव पारित गरेको छ । कम्पनीले बुधबार (चैत १४ गते) वार्षिक साधारण सभा गरी बोनस प्रस्ताव पारित गरेको हो । सभाबाट बोनसमा लाग्ने कर तिर्न ९८ लाख ९४ हजार १०३ रुपैयाँ नगद लभांश दिने प्रस्ताव पनि पारित भएको छ ।

प्राइमले हाल बिक्री गरिरहेको १६०% हकप्रदपछि कायम हुने चुक्ता पुँजीको १२.५% बोनस दिन लागेको हो । साधारण सभाले संस्थापक सेयरधनीका तर्फबाट १ जना महिला सञ्चालकको चयन पनि गरेको छ । 
 
हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब ५८ करोड ६५ लाख २० हजार रुपैयाँ हुनेछ । यो पुँजीमा बोनस सेयर दिएपछि भने चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ पुग्नेछ । प्राइम लाइफले देशभरका १२५ भन्दा बढी स्थानबाट जीवन बिमा सम्बन्धी सेवा दिँदै आएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा यो इन्सुरेन्सले ११ करोड ५१ लाख ९३ हजार रुपैयाँ खद नाफा कमाउन सफल भएको थियो ।
 

Post Your Comment