प्राइम लाइफको १६०% हकप्रद भर्ने म्याद आइतबार सकिंदै, यस्ता छन् आवेदन दिने ठाँउ

13 Apr,2018
  • prime-life-insurance-company-ltd_4_13_2018_10_24_26.jpg
नेपाली पैसा
 
काठमाडौं : प्राइम लाइफ इन्सुरेन्सको ९७ लाख ६३ हजार २०० कित्ता (१६०%) हकप्रद भर्ने आइतबार (वैशाख २ गते) अन्तिम दिन हो । फागुन २७ गतेदेखि बिक्री खुला गरिएको यस हकप्रदमा फागुन १६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
 
बिक्री प्रबन्धक सिद्धार्थ क्यापटिल लिमिटेड नारायणचौर नक्साल, काठमाडौं तथा प्राइम लाइफ इन्सुरेन्सको मुख्य कार्यालय हात्तिसार काठमाडौं र यसका अधिकांश शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।
 
त्यसैगरी, धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । बिमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन प्रयासरत यस कम्पनीले भारीमात्रामा हकप्रद सेयर बिक्री गरेको हो ।
 
प्राइम लाइफले हालैमात्र १६०% हकप्रद बिक्रीपछि कायम हुने चुक्ता पुँजी १ अर्ब ५८ करोड ६५ लाख २० हजार रुपैयाँको १२.५% बोनस सेयर दिने प्रस्ताव पारित गरिसकेको छ । प्राइमले यही पुँजीको १२.५% बोनस सेयर दिने निर्णय गरेको हो । बोनसपछि भने चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ पुग्नेछ । 

Post Your Comment