Market Closed

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

28 Aug,2015
  • prime_3_8_28_2015_1_15_14.jpg

कम्पनीको २०७१/७२ आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा रू. ७ करोड २० लाख पुगेको छ । बीमा कोष रकम रू. २ अर्ब ६६ करोड पुगेको छ ।

प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषण : अन्तिम दिनमा सेतो मारुबोजु बनेको छ । यसले आगामी दिनमा कम्पनीको शेयरमूल्य बढ्न सक्ने सङ्केत गर्दछ । स्ट्याण्डर्ड डेभिएशन १ सय २ बिन्दुमा छ । उतारचढाव उच्च छ । आरएसआई ओभर बट जोन (८७ दशमलव १५ स्केल)मा छ । विक्री चाप बढेको छ ।
मुभिङ एभरेज : २१ दिने औसत मूल्य रेखा र ५० दिने औसत मूल्य रेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने औसत मूल्य रेखा, ट्रेण्ड लाइन र ५० दिने औसत मूल्य रेखाभन्दा माथि छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. १ हजार २ सय १९ मा टेवा पाउने सम्भावना छ ।


आधारभूत विश्लेषण
कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष र चालू आर्थिक वर्षबीच तुलना गर्दा :
- कम्पनीकोे अन्तिम त्रैमासमा खुद नाफा २५ दशमलव ८६ प्रतिशतले घटेको छ । आम्दानी १४ दशमलव ८० प्रतिशतले घट्नाले खुद नाफा घटेको हो ।

- चुक्ता पूँजीको तुलनामा खुद नाफा १९ दशमलव ९१ प्रतिशतबाट घटेर १४ दशमलव ७६ प्रतिशतमा सीमित रहेको छ ।

- जगेडा कोष १७ दशमलव ४० प्रतिशतले बढेर रू. ४९ करोड ६५ लाख, बीमा कोष ४१ दशमलव २१ प्रतिशतले बढेर रू. २ अर्ब ६६ करोड र दीर्घकालीन लगानी तथा कर्जा १७ दशमलव १७ प्रतिशतले बढेर रू. ८० करोड ५६ लाख पुगेको छ ।

- नाफा नोक्सान हिसाबमा आम्दानी १४ दशमलव ८० प्रतिशतले घटेर रू. ४ करोड २१ लाखमा सीमित भएको छ भने व्यवस्था तथा खर्चहरू १४ दशमलव ३६ प्रतिशतले बढेर रू. ४ करोड २१ लाख पुगेकोे छ ।

- आय १४ दशमलव २६ प्रतिशतले बढेर रू. १ अर्ब ८८ करोड र व्यय १२ दशमलव ५६ प्रतिशतले बढेर रू. १ अर्ब २ करोड पुगेको छ ।

- चालू सम्पत्ति कर्जा तथा पेश्कीहरू ३० दशमलव ४१ प्रतिशत र चालू दायित्व तथा व्यवस्थाहरू १४ दशमलव ३६ प्रतिशतले बढेको छ ।

- कुल बीमाशुल्क आर्जन रकम ११ दशमलव ८५ प्रतिशतले बढेर रू. १ अर्ब ३७ करोड पुगेको छ । कुल दाबी भुक्तानी रकम ३ दशमलव ५० प्रतिशतले बढेर रू. २६ करोड ३६ लाख पुगेको छ ।

- कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम ८५ दशमलव ८२ प्रतिशतले बढेर रू. १ करोड ८९ लाख पुगेको छ ।

- कम्पनीको चौथो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार पीई रेशियो २ सय १ गुणा छ । गत असार मसान्तसम्म विगत १२ महीनाको आम्दानीका आधारमा प्रतिशेयर आम्दानी रू. १४ दशमलव ७७ छ । सो आम्दानी र शेयरको पछिल्लो कारोबार मूल्यका आधारमा निकालिएको पीई रेशियो १ सय गुणा छ । हालको शेयरमूल्य नेटवर्थको करीब १९ गुणा छ ।