Market Closed

प्रभुको अवस्था दयनीय, ७५ करोड रुपैयाँ राइट ब्याक गर्दा पनि खुद नाफा ४०.०२% घट्यो

27 Apr,2018
  • Prabhu-bank-Ltd__4_27_2018_3_10_41.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्रभु बैंकको वित्तीय अवस्था कमजोर देखिएको छ ।  चालु अर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खुद नाफा ४०.०२% ले घटेको हो । भारीमात्रामा राइट ब्याक गरे पनि बैंकले नाफा बढाउन सकेको छैन । गत वर्ष १ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको प्रभुले यो त्रैमासमा ८६ करोड ७१ लाख २४ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गर्न सफल भएको छ । प्रभुले यस अवधिमा ७५ करोड ७४ लाख १२ हजार रुपैयाँ राइट ब्याक गरेको छ ।

३४ करोड ३९ लाख प्रोभिजनमा राखेको छ । खुद ब्याज आम्दानी पनि गत वर्षको तुलनामा २.५१% ले घटेर १ अर्ब ९० करोड २५ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष १ अर्ब ९५ करोड १६ लाख ७८ हजार रुपैयाँ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा १ अर्ब १७ करोडबाट घटेर ९६ करोड ६८ लाख २६ हजार रुपैयाँमा आइपुगेको छ । 
 
कर्मचारी खर्च पनि ५३ करोडबाट बढेर ७५ करोड ५५ लाख ५४ हजार रुपैयाँ पुगेको छ । निक्षेप ७१ अर्बबाट बढाएर ८७ अर्ब ६४ करोड ३५ लाख ६ हजार रुपैयाँ पुर्याउन बैंक सफल भएको छ । कर्जा लगानी ५९ अर्बबाट वृद्धि गरी ७३ अर्ब ७ करोड ३ लाख ८८ हजार रुपैयाँ पुर्याइएको छ । 

चुक्ता पुँजी ८ अर्ब १३ लाख ३४ हजार रुपैयाँ रहेको प्रभुको रिजर्भ कोषमा ३ अर्ब ४० करोड १९ लाख ९४ हजार रुपैयाँ छ । राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन बैंकले माघ ७ देखि फागुन २३ गतेसम्म २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता (४०%) हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

जसमा २३ लाख २६ हजार २८७ कित्ता हकप्रद बिक्री हुन सकेन । बाँकी रहेको सेयर प्रभुले अब लिलामीमा ल्याउनेछ । लिलामी बेचेपछि चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ६२ हजार ८०० रुपैयाँ पुग्नेछ । 
 
बैंकको खराब कर्जामा भने केही सुधार देखिएको छ । गत वर्ष ४.३२% रहेको प्रभुको खराब कर्जा यो त्रैमासम्म आइपुग्दा ३.९०% मा झरेको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४५ पैसा रहेको बैैंकको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ५२ पैसा छ । 

प्रभु बैंकको सम्पूर्ण वित्तीय अवस्था थाहा पाउन यहाँ गर्नुहोस क्लिक 
 
 

Post Your Comment