Market Closed

प्रभु बैंकले संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्दै, अब संस्थापक हिस्सा ५१% मात्र

07 May,2018
  • Prabhu-bank-Ltd_5_7_2018_3_00_30.jpg
नेपाली पैसा
 
काठमाडौं : प्रभु बैंकले संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने भएको छ । प्रभुले संस्थापक सेयरधनीको हिस्सा ५१% र सर्वसाधारणको ४९% बनाउन सेयर संरचना परिवर्तन गर्न लागेको हो । हाल यस बैंकमा संस्थापक सेयर स्वामित्व ६१.३१% र सर्वसाधारण सेयर स्वामित्व ३८.६९% रहेको छ ।
 
बैंकका संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मिति (वैशाख २४ गते) देखि ३५ दिनभित्र सेयर परिवर्तन गर्न तयार भएको वा नभएको विषयमा बैंकलाई जानकारी गराउनु पर्नेछ । यो समयभित्र सेयरधनीबाट कुनै जानकारी नआएमा संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने सहमति दिएको मानिने प्रभुले जनाएको छ ।

Post Your Comment