Market Closed

प्रभु बैंकले खातामै जम्मा गर्यो ४०% हकप्रद, डिम्याट नहुनेले के गर्ने

04 Jun,2018
  • Prabhu-bank-Ltd_6_4_2018_2_49_25.jpg
नेपाली पैसा
 
काठमाडौं : प्रभु बैंकले ४०% हकप्रद सेयर डिम्याट खातामा जम्मा गरिदिएको छ । बैंकले पुस २० गतेसम्म सेयर डिम्याट गरी कायम रहेका सेयरधनीको हकप्रद खातामै जम्मा गरेको हो । उक्त मितिपछि सेयर डिम्याट गराएका सेयरधनीले पनि बैंकलाई निवेदन दिएपछि खातामै हकप्रद पाउनेछन् ।
 
हालसम्म सेयर डिम्याट नगरेका सेयरधनीले भने सेयर डिम्याट गरेपछि मात्र हकप्रद पाउने बैंकले जनाएको छ । यता, हकप्रदका लागि भएको बुक क्लोज मिति (पुस २१ गते) सम्म प्रभुको सेयर धितो राखी कर्जा लिएका सेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र पेश गरेपछि मात्र हकप्रद पाउनेछन् ।
 
बैंकले गत माघ ७ गतेदेखि फागुन १३ गतेसम्म १०ः४ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो । प्रभुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ८६ करोड ७१ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ५२ पैसा छ ।

Post Your Comment