प्रभु बैंकले सात वटा भन्सार कार्यालयबाट सुरु गर्यो एक्स्टेन्सन काउन्टर

06 Dec,2018
  • received_344970496304599_12_6_2018_1_19_16.jpeg
नेपाली पैसा
 
काठमाडौं : प्रभु बैंकले सात वटा भन्सार कार्यालयबाट एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले झापाको भद्रपुर, सुनसरीको कोशी ब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सति भन्सार कार्यालयमा एक्स्टेन्सन काउन्टर सञ्चालन गरेको जनाएको छ । 
 
भन्सार विभागका महानिर्देशक तोयम रायले बैंकको जलेश्वर भन्सार राजस्व संकलन काउन्टरको उद्घाटन गरेका छन् । अन्य भन्सार कार्यालयका एक्स्टेन्सन काउन्टरहरु सम्बन्धित भन्सार कार्यालय प्रमुखले उद्घाटन गरेका छन् । एक्स्टेन्सन काउन्टरले राजस्व संकलनमा सहयोग गर्ने र सरकारको राजस्व संकलन प्रक्रियामा टेवा पुग्ने विश्वास लिइएको बैंकले जनाएको छ ।

Post Your Comment