Market Closed

नेप्सेमा सोमबार कुन–कुन कम्पनीको २७ लाख ६६ हजार ९११ कित्ता हकप्रद भयो सूचीकरण ?

09 Oct,2017
  • share_listing_10_9_2017_4_32_40.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेप्सेमा सोमबार २ कम्पनीको २७ लाख ६६ हजार ९११.८२ पैसा कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । एनबी इन्सुरेन्सको २७ लाख कित्ता र पूर्णिमा विकास बैंकको ६६ हजार ९११.८२ कित्ता सूचीकरण गरिएका हुन् । गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा एनबीको चुक्ता पुँजी २७ करोड रुपैयाँ छ । असार ५ देखि साउन ९ गतेसम्म बिक्री खुला गरेको २७ लाख कित्ता (१००%) हकप्रदपछि भने कम्पनीको चुक्ता पुँजी ५४ करोड रुपैयाँ पुगेको छ । चौथो त्रैमासमा एनबीले १० करोड ९ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । एनबीको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ३९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ५१ पैसा छ । यता, पूर्णिमा विकास बैंकको हालको चुक्ता पुँजी ३५ करोड २३ लाख ८५ हजार रुपैयाँ रहेको छ । असार १९ गतेदेखि साउन २२ गतेसम्म ८ लाख ८० हजार ९६२.८२ (२५%) हकप्रदपछि भने बैंकको चुक्ता पुँजी ४४ करोड ४ लाख ८१ हजार ४१४ रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा पूर्णिमाले १० करोड १ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ४२ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ १९ पैसा छ । 
 
 
 

Post Your Comment