Market Closed

नेप्सेमा २२ लाख ४० हजार १८६ कित्ता बोनस र हकप्रद सूचीकृत, कुन–कुन हुन् यी कम्पनी

04 Sep,2017
  • share_listing_9_4_2017_2_47_01.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेप्सेमा सोमबार ३ वटा कम्पनीको २२ लाख ४० हजार १८६ कित्ता हकप्रद र बोनस सेयर सूचीकृत भएको छ । जसमा १९ लाख १५ हजार १८६ कित्ता हकप्रद र ३ लाख २५ हजार बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । सबैभन्दा धेरै सहयोगी विकास बैंकको ११ लाख १ हजार १३५ कित्ता हकप्रद सेयर सूचीकरण गरिएको छ । त्यस्तै, पूर्णिमा विकास बैंकको ८ लाख १४ हजार ५१ कित्ता हकप्रद र कालिमा माईक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ३ लाख २५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत गरिएको हो । 

 
 

Post Your Comment