Market Closed

पोखराको १५% हकप्रद अनि पूर्णिमा र युनाइटेड फाइनान्सको बोनस सुरक्षित गर्ने पनि आज अन्तिम दिन

28 Dec,2017
  • Book_close_12_28_2017_11_42_04.jpg
नेपाली पैसा
 
काठमाडौं : पोखरा फाइनान्सको १५% हकप्रद सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो फाइनान्सले १ः०.१५ अनुपातमा ९ लाख ८३ हजार ६८२.७४ कित्ता हकप्रद सेयर बिक्री गर्न शुक्रबार बुक क्लोज गर्दैछ । यस आधारमा, बुक क्लोज हुनुभन्दा अघि फाइनान्सको सेयर किनेर कायम रहेका सेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् । पोखराले पुस ३० गतेदेखि हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटलले गर्दैछ । यसैगरी, पूर्णिमा विकास बैंकको १९.१९% बोनस सेयर सुरक्षित गर्न पनि बिहीबार नै सेयर किनिसम्नुपर्नेछ । पूर्णिमाले पनि पुस २८ गते हुने वार्षिक साधारण सभामा १९.१९% बोनस सेयर र कर तिर्न १.०१% नगद लाभांश दिने प्रस्ताव लैजाँदैछ । यसका लागि बैंकले पनि शुक्रबार नै बुक क्लोज गर्न लागेको हो । हाल बैंकको चुक्ता पुँजी ४४ करोड ४ लाख ८१ हजार रुपैयाँ छ ।
 
पूर्णिमाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ३१ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ९५ पैसा ९वार्षिक० रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ०१ पैसा छ । यता, युनाइटेड फाइनान्सले दिने १९% बोनस सेयर पाउन पनि बिहीबार नै सेयरधनी बनिसक्नुपर्नेछ । शक्रबारदेखि बुक क्लोज गर्न लागेकाले बोनस पाउन नयाँ लगानीकर्ताले पनि बिहीबार नै फाइनान्सको सेयर किनिसकेको हुनुपर्छ । कम्पनीले भारत स्थित मुत्तुट फाइनान्सलाई वैदेशिक रणनीतिक साझेदारको रुपमा भित्र्याउन प्रिमियमसहित १९० रुपैयाँमा संस्थापक समूहको २१ लाख कित्ता एफपीओ जारी गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि गर्दैछ । युनाइटेडले पूर्वघोषित २०% हकप्रद भने जारी नगर्ने भएको छ । हकप्रद रद्द गर्ने प्रस्ताव पनि सभामा हुनेछ ।

Post Your Comment