Market Closed

पूर्णिमा विकास बैंकको ६६ हजार ९११ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

11 Sep,2017
  • purnima-bikas-bank-Ltd_9_11_2017_10_19_52.jpg
नेपाली पैसा
 
काठमाडौं : पूर्णिमा विकास बैंकको ६६ हजार ९११.८२ कित्ता सेयर लिलामी भर्ने आज (सोमबार) अन्तिम दिन हो । यसआधारमा, सोमबार कार्यालय समयभित्र यो लिलामीमा आवेदन दिइसक्नुपर्नेछ । पूर्णिमाले भदौ १९ गतेदेखि संस्थापक समूहको ४६ हजार २५८.०५ कित्ता र सर्वसाधारण समूहको २० हजार ६५३.७७ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । नेप्सेमा सर्वसाधारण समूहको अन्तिम कारोबार मूल्य भने २८६ रुपैयाँ छ । पूर्णिमाले असार १९ गतेदेखि साउन २२ गतेसम्म ८ लाख ८० हजार ९६२.८२ (२५%) कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यो समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि बैंकले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो ।
 
लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल, काठमाडौं र पूर्णिमाको केन्द्रीय कार्यालय सिद्धार्थनगर नगरपालिका, वडा नं ८ रुपन्देहीमा पुग्ने गरी आवेदन फारम बुझाउनुपर्नेछ । दुवै समूहको बोलपत्र बिहीबार (भदौ २८) गते बिहान ७ बजे सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल, काठमाडौंमा खोलिनेछ । हाल पूर्णिमाको चुक्ता पुँजी ३५ करोड २३ लाख ८५ हजार रुपैयाँ रहेको छ । लिलामी बिक्रीपछि भने बैंकको चुक्ता पुँजी ४४ करोड ४ लाख ८१ हजार ४१४ रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा पूर्णिमाले १० करोड १ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ४२ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ १९ पैसा छ ।

Post Your Comment