Market Closed

पूर्णिमाले दिने भयो १९.१९% बोनस सेयर, हकप्रद र लिलामी भर्नेले पनि पाउने भए बोनस

20 Sep,2017
  • purnima-bikas-bank-L_9_20_2017_12_45_57.jpg
नेपाली पैसा
 
काठमाडौं : पूर्णिमा विकास बैंकले १९.१९% बोनस सेयर र कर तिर्न १.०१% नगद लाभांश दिने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ८ करोड ४५ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर र यसमा लाग्ने कर तिर्न ४४ लाख ५० हजार रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले यसअघि निष्कासन गरेको हकप्रद र लिलामी सेयर बिक्री भएपछि कायम हुने ४४ करोड ४ लाख ८१ हजार ४१४ रुपैयाँ चुक्ता पुँजीबाट सेयरधनीलाई लाभांश दिन लागिएको हो । पूर्णिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङका अनुसार हकप्रद र लिलामी भर्ने सेयरधनीले पनि बैंकले दिने लाभांश पाउनेछन् । सञ्चालक समिति बैठकलाई नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लाभांश वितरण प्रक्रिया अघि बढ्ने बैकले जनाएको छ । बैंकले हालैमात्र २५% हकप्रद सेयर बिक्री गरेर चुक्ता पुँजी ४४ करोड ४ लाख ८१ हजार ४१४ रुपैयाँ पुर्याएको हो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा पूर्णिमाले १० करोड १ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ४२ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ १९ पैसा छ ।

 

Post Your Comment